निर्देशकसँग रिसाइन् उमा
निर्मात्री तथा कलाकार उमा बेबी निर्देशक सविर श्रेष्ठसँग रिसाएकी छिन् । फिल्मको निर्माणदेखि प्रचारमा साथ नदिएको भन्दै उनी श्रेष्ठसँग आक्रोशित बनेकी हुन् । अभिनेत्री उमाले निर्माण गरेको फिल्म ‘कहि कतै’को गीत रिलिज कार्यक्रममा आउँछु आउँछु भनेर पनि सविर आएनन् ।

उनलाई नै पर्खदा कार्यक्रम करिब सवा एक घन्टा ढिलो सुरु भएको थियो । उमाले सविरलाई ‘स्वार्थी निर्देशक’ समेत भनिन् । साथै, उनले फिल्मको छायांकनको समयमा पनि एक दिन खबर नै नगरी हिडेको भन्दै उनी आक्रोशित भइन् ।
उनले, फिल्म बनाएपछि सबैभन्दा बढी जिम्मेवारी निर्देशकको हुने भन्दै सविरले आफ्नो दायित्व पुरा नगरेको आरोप लगाइन् । निर्देशक श्रेष्ठले यो फिल्मको छायांकनदेखि नै हेलचक्राई गरेको र अहिले वास्ता नै गर्न छाडेको उनको आरोप छ । यसैले, फिल्मको रिलिजका लागि ढिलो भएको पनि उमाले बताएकी छिन् ।
फोटो सापटी अनलाइन खबर
For More videos Log on to Mazzako TV







