‘लम्फू’ बाट कविरको आशा
फिल्म ‘लम्फू’बाट अभिनेता कविर खड्काले फिल्म लाइनमा पाइला राखेका छन् । वैशाख २८ गतेबाट यो फिल्म हलमा लाग्नेछ । फिल्म सोलो रिलिज हुने पक्का छ । फिल्म रिलिजको दिन नजिकिदै गर्दा फिल्मका मुख्य कलाकार कविरलाई भने भ्याइनभ्याई छ । उनी, फिल्म प्रचारका लागि सबैभन्दा बढी व्यस्त छन् । कविर यो फिल्मको शिर्ष भूमिकामा छन् । फिल्मले बेरोजगार यूवाहरुको कथालाई उठान गरेको कविरले बताएका छन् ।
कविरका अनुसार, यो फिल्मको कथावस्तु उत्कृष्ट छ । दर्शकले मन पराएको खण्डमा फिल्म लाइनमा आफूलाई अगाडि बढ्न अझ सजिलो हुने कविरको आशा छ । कविरले यो फिल्मका लागि खुबै मिहिनेत गरेका छन् । एउटा दृश्यका लागि उनले १४ महिनासम्म दाह्री समेत पालेका छन् ।
कविर, यो फिल्म रिलिज नभएसम्म अरु फिल्ममा काम नगर्ने पनि बताउँछन् । कविरलाई फिल्म क्षेत्रमा लागेर स्टार बन्ने सपना त छ । तर, अहिले नै त्यो सोच आइनसकेको र आफ्नो काममा नै मिहिनेत गर्ने उनी बताउँछन् ।
For More videos Log on to Mazzako TV