गर्भवती भएको महशुश गर्दै केकी
अभिनेत्री केकी अधिकारीलाई हिजोआज गर्भवती भएको महुशश हुन थालेको छ । ५ महिनाको बच्चा पेटमा बोकेर हिडेको उनलाई महशुश हुन थालेको छ । यसको मुख्यकारण हो, फिल्म ‘कोहलपुर एक्सप्रेस’ । यो फिल्म निर्माणमा हात हालेदेखि नै केकीले राम्रोसँग निदाउन पाएकी छैनन् ।
ठूलो भारीले उनलाई थिचेजस्तो भएको छ । केकी, आफूलाई किन फिल्म बनाएछु भन्ने नलागेको बताउँछिन् । तर, संसारकै गाह्रो काममा हात हालेछु जस्तो भान उनलाई हुन थालेको छ । केकीले बनाएको फिल्ममा कमेडी बिषय छ । केकीले गम्भिर बिषयमा पनि फिल्म बनाउन चाहिन्थन् । तर, केकी आफूले जे चलेको छ त्यो नै बनाएको बताइन् ।
निर्मात्री भैसकेपछि व्यापारिक पाटोलाई पनि हेर्नुपर्ने केकी अधिकारीको भनाई छ । केकीको साथमा यो फिल्ममा अभिनेत्री प्रियंका कार्की र ऋचा शर्माको मुख्य भूमिका छ । केकीले अहिले नै निर्देशनमा आफू सक्षम भैनसकेकाले निर्माण मात्र गरेको बताएकी छिन् । केकीले निर्माण गरेको यो फिल्म भोलीबाट रिलिज हुँदैछ । विशाल भण्डारीले यो फिल्मको निर्देशन गरेका हुन् ।
For More videos Log on to Mazzako TV