निर्देशक तुलसी घिमिरे अब एक फिल्ममा अभिनेता दयाहाङ राइका पिता बन्ने भएका छन् । भारतको कालेबुङमा घोषणा भएको फिल्म ‘आप्पा’मा उनी दयाका पिता बन्न लागेका हुन् ।

फिल्ममा अरुणा कार्कीको पनि मुख्य भूमिका रहेनछ । निर्देशक तुलसी घिमिरेले दया जस्तो कलाकारसँग काम गर्नु आफ्ना लागि चुनौती भएको बताए । यो फिल्मलाई अनमोल गुरुङले निर्देशन गर्दैछन् ।

यो फिल्मले बाबु र छोराको सम्बन्धलाई देखाउनेछ । फिल्मको कथा मनपरेपछि आफू आकर्षित भएको दयाले बताएका छन् । दयाले फिल्मको कथा यूनिभर्सले भएको पनि बताए । बुधबारबाट फिल्मको छायांकन सुरु गरिएको छ ।

For More videos Log on to Mazzako TV