अभिनेता खगेन्द्र लामिछानेको एउटा बानी छ । उनले अभिनय गरेका फिल्म कुनै पनि अवार्डको जुनसुकै विधामा नोमिनेशनमा परेपनि उनी पुग्दैनन् । अवार्डमा जान मन नलाग्ने खगेन्द्रले बताउँदै पनि आएका छन् ।

तर, खगेन्द्रले अवार्डमा नजानुको अर्को कारण पनि छ । उनले फिल्म ‘डमरुको डण्डिबियो’को पत्रकार सम्मेलनमा भनेका छन्–‘मलाई फिल्म खेल्छु भन्ने लागेकै थिएन । तर, अहिले म फिल्ममा काम गरिरहेको छु । यसैले, मलाई फिल्मको जीवन बोनसमा पाए जस्तो लाग्छ ।

म यसमै खुशी छु । यहिकारणले पनि म अवार्डमा जादिनँ ।’ फिल्म खेलेरै दंग परेका खगेन्द्रले अवार्डमा नजानुको कारणबारे दिएको बयान तपाइलाई कस्तो लाग्यो ? फिल्म खेलेर दंग परेका उनलाई फिल्म खेलेर पाएको प्रशंसा किन स्विकार्य नभएको होला ?

 

For More videos Log on to Mazzako TV