अभिनेत्री प्रियंका कार्कीलाई यतिबेला हुनसम्म सकस भएको छ । फिल्मका भित्तामा उनले काम गरेका फिल्म मात्र रंगिएका छन् । चैत्र ९ गतेदेखि रिलिज भएको फिल्म ‘सत्रु गते’ उत्रिएकै छैन । चैत्र ३० गतेबाट रिलिज भएको फिल्म ‘लिलिबिली’ पनि केही हलमा चलिरहेको छ ।

यसैविच, वैशाख १४ गते पनि २ वटा फिल्म थपिदैछन् । यसैले, प्रियंकालाई फिल्मको प्रचारका लागि समय निकाल्नै मुश्किल छ । प्रियंकाको प्रचारको स्टाइलले कतै दर्शक झुक्किने त होइनन् भन्ने समेत देखिएको छ । वैशाख १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कोहलपुर एक्सप्रेस’का लागि उनले पीज्जा बोकेर सेलिब्रिटीको घरमा पुगिन् ।

यहि दिन नै रिलिज हुन लागेको अर्को फिल्म ‘ह्याप्पी डेज’को प्रचारका लागि उनी बग्गी चढेर शहर घुमिन् । आखिर, एकै दिन २ फिल्म रिलिज हुँदा उनलाई हैरानी नै भएको छ ।

For More videos Log on to Mazzako TV