लामो समयदेखि चर्चामा रहेको फिल्म ‘छक्का पन्जा ३’का लागि लीड हिरोइन फाइनल गरिएको छ । फिल्मकी निर्देशक दीपाश्री निरौला, अभिनेता, निर्माता दीपकराज गिरीले मुख्य लीड भूमिकामा अभिनेत्री दीपिका प्रसाइलाई फाइनल गरेका हुन् ।

फिल्म ‘ऐश्वर्य’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी दीपिकाले यो फिल्ममा अभिनेता दीपकराज गिरीसँग रोमान्स गर्नेछिन् । दीपिकालाई फाइनल गरेसँगै फिल्मको टीम फाइनल भएको छ । फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ मुख्य भूमिकामा हुनेछन् । अभिनेत्री प्रियंका कार्की भने विशेष भूमिकामा हुनेछिन् ।

Image may contain: 3 people, including Deepak Raj Giri and Deepa Shree Niraula, people smiling, people standing

उनको विशेष भूमिका कस्तो हो भन्ने खुलाइएको छैन । यो फिल्मको छायांकन वैशाख १७ गतेबाट सुरु हुँदैछ । फिल्मलाई दशैको फूलपातिबाट रिलिज गर्ने तयारी गरिएको छ ।

For More videos Log on to Mazzako TV