अभिनेता सलिनमान बनियाँ अभिनयमा कमजोर छन्, तर चकलेटी छन् । उनको चकलेटी छविले उनको अभिनयको कमजोरीलाई नै लुकाइदिएको छ । यसैले, उनी पहिलो फिल्ममा काम गर्ने वित्तिकै चर्चित बने ।

फिल्म ‘ए मेरो हजुर २’मा उनको साथमा अभिनेता सलोन बस्नेत पनि थिए । सलोन बस्नेत भएको फिल्ममा अभिनेता नै ओझेलमा पर्छन् भन्ने चर्चा छ । तर, सलिन र सलोनले दोश्रो प्रोजेक्ट ‘यात्रा’मा पनि सँगै काम गर्दैछन् । सलोन बस्नेतलाई फेरि फिल्म चल्नका लागि स्टार अभिनेता नै चाहिन्छ । उनी सिंगल हिरोको रुपमा चल्दैनन् ।

अभिनेता सलोन बस्नेतका कारण सलिनमानले उनीसँग फिल्म नखेल्ने बताएको खबर सार्वजनिक भएको थियो । सलिनले यो प्रश्नको जवाफ दिदै भने–‘त्यो गसिप मात्र हो । सलोन मेरो मिल्ने साथी हो । हामीले, एकसाथ फिल्म खेलेर पनि त्यो खबर झुटो थियो भन्ने प्रमाणित गरिसकेका छौ ।’

For More videos Log on to Mazzako TV