आर्यनले सृष्टिलाई असोज ५ गते मायाले बाध्ने
सविर श्रेष्ठको लेखन, निर्माण तथा निर्देशन रहेको फिल्म ‘बाँध मायाले’ को प्रदर्शन मिति तय भएको छ । लभ स्टोरी फिल्म ‘बाँध मायाले’ असोज ५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने पक्का भएको हो । फिल्ममा नायक आर्यन अधिकारीसंग नायिका सृष्टि श्रेष्ठले रोमान्स गरेकी छन् ।

हाल डविङ कार्य भैरहेको बाँध मायाले को चाँडै नै फस्ट लुक्स रिलिज गर्ने सविर श्रेष्ठले बताए । हामी केही सातामै प्रेसमिट गरेर तपाईंहरु माझ सप्राइज प्याकेज सार्वजनिक गर्नेछौं, लेखक, निर्माता तथा निर्देशक श्रेष्ठले भने, नाम जस्तै फिल्मले सबै दर्शकलाई बाँध्नेछ भन्ने विश्वास छ ।

काईट्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको बाँध मायाले निर्माणमा रामहरी धिताल र विभेषिका श्रेष्ठले सविरसँग सहकार्य गरेका छन् । सह निर्माताको रुपमा महेन्द्र अधिारी र केदार धिताल आवद्ध छन् । आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय छ । किशोर खड्काले बाँध मायाले मार्फत नायकको रुपमा डेव्यु गर्दैछन् ।
यस्तै फिल्ममा संगीत अर्जुन पोखरेल र बाबु श्रेष्ठको छायाँकन छ । रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
For More videos Log on to Mazzako TV







