फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ निर्माण हुने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो ।
‘ए मेरो हजुर २’ डेव्यु नायक सलिनमान बनियाँ फिल्ममा लिड रोलमा रहनेछन् । पुराना निर्माता केशव भट्टराईले निर्माण गर्ने फिल्म यात्रा अ म्युजिकल भ्लग मा सलिन भ्ल्गरको रोल निभाउने भएका हुन् ।

युवा स्टारको रुपमा हेरिएका नायक बनियाँले टिम र कथा मन परेकाले फिल्म खेल्न तयार भएको बताए । ‘फ्यान र मिडियालाई धन्यवाद दिन चाहान्छु । तपाईंहरुको मायाले गर्दा म ए मेरो हजुर २ पछि फिल्ममा फर्किएको छु’, सलिनले भने ।


सलिनमान र सलोन सहित फिल्ममा जाहन्वी बस्नेत, रेयर राई, प्रक्षा बज्रचार्य, मलिका महत, विशाल कट्वाल, धिरेन शाक्य, राजाराज पौडेल, जयनन्द लामा, समृद्धि राई, चाइनिज कलाकार जुन ज्याङ, केन्याका कलाकार बोवी लगायत अन्य कलाकारहरुको अभिनय छ ।

संजय लामाको सिनेम्याटोग्राफी रहने फिल्ममा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहनेछ । द्धन्द्ध निर्देशन हिमाल केसीले गर्नेछन् । निर्माता भट्टराईका अनुसार यही बैशाखको तेश्रो सातादेखि छायाँकन सुरु भएर फिल्म असोज ५ गते प्रदर्शनमा आउनेछ ।

   

For More videos Log on to Mazzako TV