नेपाली फिल्मको मुख्य जरा भनेको निर्माता हुन् । निर्माता नै पलायन हुने अवस्था आयो भने यसले कसैलाई पनि फाइदा गर्दैन । अहिले नेपाली फिल्मले व्यापार त गरेका छन् । तर, निर्माता भन्दा हलमालिकहरु मोटाएको अवस्था हो । निर्माताहरु शोषणमा परेको भन्दै चलचित्र निर्माता संघले २ वुँदे माग अगाडि सारेको छ ।

निर्माता संघले अगाडि सारेको मागमा शेयर बाँडफाँडलाई मुख्य रुपमा उठाइएको छ । वि.सं २०६० सालमा चलचित्र संघसँग भएको संझौता अनुसार शेयर बाँडफाँड हुनुपर्ने उसको माग छ ।

फिल्मको होल्ड ओभर पुगेको अवस्थामा निर्माताको भागमा ५५ देखि ६० र चलचित्र प्रदर्शकको भागमा ४० देखि ४५ प्रतिशत शेयर काम गर्ने गरि भएको सहमतीलाई पालना गर्न उसले आग्रह गरेको छ । यस्तै, बक्स अफिस सर्भर जडानका लागि राज्यले तोकेकै मितिमा काम सक्न निर्माता संघले माग पनि गरेको छ ।

आफूहरुले उठाएको माग पुरा नभएको खण्डमा जेठ २ गतेबाट सम्पूर्ण भाषाका फिल्मको रिलिज नगर्ने समेत उसले उल्लेख गरेको छ । चलचित्र संघसँग बार्ताका लागि सधै ढोका खुल्ला रहेको निर्माता संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

For More videos Log on to Mazzako TV