निर्देशक झरना थापाले गतबर्षको हिट फिल्म ‘ए मेरो हजुर २’को तेश्रो भाग बनाउने तयारी सुरु गरेकी छिन् । सुरुमा ‘भागवत गीता’ बनाउने चर्चा चलेपनि अब फिल्म ‘ए मेरो हजुर ३’ नै बन्ने भएको छ । यो फिल्मका लागि कलाकारको खोजी पनि गरिएको छ ।

तर, यो फिल्ममा ‘ए मेरो हजुर २’का मुख्य अभिनेता सलिनमान बनियाँ र मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह दुबै यो फिल्ममा नहुने भएका छन् । कलाकार दोहो¥याउँदा दर्शकलाई कथावस्तु र प्रस्तुतीमा नयाँपन नलाग्ने भएकाले नयाँ कलाकार खोजिएको झरनाले बताएकी छिन् ।

अभिनेता सलिनमान बनियाँ फिल्म ‘यात्रा ब्लग’मा अभिनय गर्दैछन् । सलिन र साम्राज्ञी विनाको झरनाको ‘ए मेरो हजुर ३’ कस्तो होला ?

For More videos Log on to Mazzako TV