गतबर्ष नेपाली फिल्मका स्टारहरुको भिडन्त भयो । कसले बक्स अफिसमा कती माजी मारे भन्ने समिक्षा त हामीले गरिसकेका छौ । तर, वि.सं २०७५ साल लाग्दै गर्दा केही स्टारहरु नयाँ फिल्मको तयारीमा लागिसकेका छन् भने केही अझै अन्यौलमा देखिएका छन् । अभिनेता अनमोल केसी फिल्म ‘क्याप्टेन’को तयारीमा जुटेका छन् ।

अभिनेता सलिनमान बनियाँ फिल्म ‘यात्रा ब्लग’मा व्यस्त हुँदैछन् । अरु, दुई स्टार अभिनेताहरु प्रदिप खड्का र पल शाह भने अझै दोधारमा छन् । पल शाह ३ महिना नयाँ फिल्ममा काम नगर्ने भन्दै बसेका छन् । अभिनेता प्रदिप खड्काले अभिनय गर्ने भनेर केही फिल्मको नाम सार्वजनिक त भएको छ, तर अझै दोधार छ ।

प्रदिपको नाम जोडिएर ‘सोलीडोली, रोजी, भैरवी’सँगै निर्माता गोविन्द शाहीको फिल्म, निर्माता सन्तोष सेनको फिल्मको चर्चा चलिरहेको छ । तर, प्रदिपले अहिलेसम्म कुन फिल्म सुरु गर्छन् फाइनल भएको छैन । आखिर, पल र प्रदिपको अबको प्रोजेक्ट के होला ?

 

For More videos Log on to Mazzako TV