अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको नयाँ फिल्मबाट निर्देशक संझना रौनियार उप्रेतीले हात झिकेकी छिन् । रेखाले सुरुमा फिल्म ‘लाल मस्तिष्क’ निर्माण गर्ने तयारी गरेकी थिइन् । तर, पछि फिल्मको नाम परिवर्तन गर्दै ‘मलिका’ राखिएको थियो । यो फिल्मको कलाकार अहिले तय भैरहेका छन् ।

फिल्मको नाम परिवर्तन भएसँगै संझनाले पनि फिल्म छाडेको स्टाटस फेसबुकमा लेखिन् । उनले फिल्मलाई शुभकामना दिदै व्यवसायिक कारणले आफूले फिल्म छाडेको उल्लेख गरेकी छिन् । रेखा र संझनाविच मनमुटाव भएको श्रोत बताउँछ । तर, उनीहरु दुबैले मनमुटावको कारण भने खोलेका छैनन् ।

अब, रेखाले फिल्मका लागि को निर्देशक राख्छिन् भन्ने कौतुहलता पनि दर्शकमा परेको छ । रेखाले यसपटक भिन्न कथामा फिल्म बनाउने तयारी गरेकी छिन् । यो बर्षको तिहारमा फिल्म रिलिज हुने घोषणा समेत रेखाले गरिसकेकी छिन् ।

For More videos Log on to Mazzako TV