फिल्म प्रचारका लागि केकीको नयाँ नयाँ आइडिया
अभिनेत्री केकी अधिकारी वैशाख १४ गतेबाट रिलिज हुने फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रचारमा व्यस्त छिन् । यो फिल्मका लागि केकी र उनको टिमले नयाँ नयाँ प्रचार शैली अपनाइरहेको छ । अर्डर आएका घर–घरमा पिज्जा पु¥याउने जाने उपायलाई पनि नौलो मानिएको छ । उनीहरुले फुडमान्डुसँग मिलेर यो शैली अपनाएका हुन् ।
फिल्म प्रचारका लागि अहिले सामाजिक संजालको पनि भरपुर प्रयोग गरिएको छ । सामाजिक संजालमा कमेडीले भरिएका संवादहरुको शैली रोचक छ । केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली र विश्वकै पहिलो नागरिकताधारी रोबर्ट सोफियाविचको संवाद भाइरल भैरहेको छ । यो संवादमा केपी र सोफियाले ‘कोहलपुर एक्सप्रेस’ हेर्न जाने कुरा गरेका छन् ।
केही समय अगाडि चर्चित फुटबर क्रिस्टियानो रोनाल्डोको फिल्म हेर्न जाने चाहना भाइरल भएको थियो । विशाल भण्डारीले निर्देशन गरेको यो फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपानेको मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV