जीयालाई बोकेर सिक्किम हानिए भूवन

अभिनेता भूवन केसी सिक्किम पुगेका छन् । अभिनेता, केसी एक्लै सिक्किम भने पुगेका होइनन् । कुनै बेला अभिनेत्री जीया केसीलाई लुकाउँदै हिड्ने भूवन अहिले जीयालाई खुलेयाम लिएर हिड्ने गर्छन् । भूवन र जीया एकसाथ सिक्किम पुगेका हुन् । उनीहरुको साथमा निर्देशक दिवाकर भट्टराई पनि छन् ।

भूवन नयाँ फिल्म ‘क्याप्टेन’को निर्माण तयारीमा छन् । यसैका लागि लोकेशन हेर्न उनी सिक्किम पुगेका हुन् । सिक्किममा फिल्मको रोमान्टिक गीतको छायांकन गर्ने तयारी उनको छ । अभिनेता अनमोल केसी, अभिनेत्रीद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीले यो फिल्ममा काम गर्दैछन् । भूवनकै होम प्रोडक्शनमा यो फिल्म बन्दैछ ।

स्कटल्याण्ड जाने बेलामा जीयालाई सँगै लिएर हिडेको भिडियो र तस्बिर सार्वजनिक भएपछि अहिले भूवन र जीया सार्वजनिक कार्यक्रममा खुल्न थालेका हुन् । उनीहरु, लामो समयदेखि लिभिङ टूगेदरमा छन् ।
For More videos Log on to Mazzako TV








