अभिनेता पल शाहले अबको ३ महिना फिल्ममा काम नगर्ने बताएका छन् । उनले, आफूलाई स्क्रिप्ट आइरहेको पनि बताए । तर, अझै ३ महिना आफूले फिल्ममा काम नगर्ने पलको भनाई थियो । पलले अझै एक महिना फिल्म सत्रु गतेको प्रमोशनमै हिड्नुपर्ने पनि बताए ।

हलमा पाँचौ हप्तामा पनि सत्रु गतेको क्रेज उस्तै छ । पल, आफ्नो भूमिकाको बारेमा मिश्रित समिक्षा आएपनि आफ्ना फ्यानहरुले भूमिका मन पराएको दाबी गर्छन्। । पल, यो फिल्मको प्रचारका क्रममा अत्याधिक धेरै मिडियामा आए ।

यसकारण पनि उनी निकै सस्तो बनेको चर्चा हुने गर्दछ । पलले यहिकारणले पनि आफूलाई रिजर्भ राख्न खोजेको हुनसक्छ । पल शाहले पारिश्रमिक पनि आफूले चर्को रुपमा डिमाण्ड नगरेको बताएका छन् । उनले, आफ्नो बजारको भ्यालू हेरेर नै काम गरेको स्पष्ट पारेका छन् ।

For More videos Log on to Mazzako TV