नेपाली फिल्म क्षेत्रमा अहिले बक्स अफिसको मुद्दा चर्को रुपमा उठिरहेको छ । बक्स अफिस लगाउनका लागि चलचित्र विकास बोर्डले नै तदारुकता देखाएपछि अहिले केहि हलवालाहरु कल छली गर्न नपाउने डरमा सशंकित हुन थालेका छन् ।

चलचित्र विकास बोर्ड भने कानुनको साहारा लिएर भएपनि बक्स अफिस लगाइ छाड्ने मुडमा छिन् । यसैले पनि यतिबेला नेपाली फिल्म क्षेत्रमा नयाँ मुद्दा छेडिएको छ । क्यूएफएक्स, अष्टनारायण हल, गुण हल, गंगा हल लगायतका हल संचालकहरु बक्स अफिसको विरोधमा खुलेर देखिन थालेका छन् । निर्माताले बनाएको फिल्ममा निर्माता नै पीडित बनेको बर्तमान समयमा केहि हलवालाहरु अपारदर्शी कामलाई निरन्तरता दिनुपर्ने अडानमा लागेका छन् ।

तर, चलचित्र विकास बोर्ड सूचना तथा संचार मन्त्रालयको साथ लिएर हलवालाहरुको यो सिन्डिकेट तोड्ने पक्षमा छ । यसैले पनि फिल्म क्षेत्रमा अब यो मुद्दाले चर्को रुप लिने देखिएको छ ।

For More videos Log on to Mazzako TV