जिन्दगीमा एक पलमै नसोचिएको घट्ना घट्न सक्छ, अनि जिन्दगीले अर्कै मोड लिन सक्छ । एक प्रेम जोडीको जिन्दगीमा घटेको एक घटना अनि त्यसले पारेको प्रभाव भिडियोमा देखाईएको छ । गायक सुगम पोख्रेलको आवाजमा सजिएको ‘तिमी मेरो जिन्दगी’ बोलको यस गीतको भिडियोले दर्शकको मन पक्कै पनि छुन्छ ।

यसै पनि गत साल नेपाली सांगीतिक आकाशमा सुगम पोख्रेल मज्जाले नै गुन्जिए । ‘तिमि रोएको पल’, ‘भन्छु आज’, ‘कसम हो कसम’ लगायतका गीतहरुले दर्शकको मन जितेका छन् । यो बर्षको सुरुवातमै सुगमको अर्को कर्णप्रिय गीतले दर्शकको मन जितिईरहेको छ यतिबेला ।

आर यस टूको शब्द रचना रहेको गीत ‘तिमी मेरो जिन्दगी’मा राजन तिमल्सिनाको संगीत छ । आवाज सुगम पोख्रेल र गायिका अप्सरा घिमिरेको सुन्न सकिन्छ । भिडियोलाई सतिज श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा सम्पदा बानिया र सुबेचन श्रेष्ठले मोडलिङ्ग गरेका छन् ।

For More videos Log on to Mazzako TV