लभ, रोमान्स र विछोड बोल्ने ‘बेबि आई लव यू’ (ट्रेलर)
जेठ १८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्म फिल्म ‘बेबि आई लव यू’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा नव नायक सन्तोष खड्गी र नायिका पूजा तिवारी बिचको लभ, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ ।जनक पाण्डे निर्देशित फिल्ममा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि एउटा डान्स छ ।
कार्टुुञ्ज क्रुको प्रस्तुती रहेको फिल्मको ‘कान्छी मायालु’ बोलको गीत तथा भिडियो हिट भैसकेको छ । फिल्ममा सह निर्माताको रुपमा सृजना परियार र दुर्गा पाण्डे छन् । बिहिबारको प्रेसमिटमा ‘कान्छी मायालु’ गीतमा कभर डान्स र गाउनेलाई पुरस्कृत पनि गरियो ।
बिटुडी डान्स ग्रुप र कभर गाउने प्रितम सेञ्चुरीलाई एक एक लाख बराबरको चेक कार्टुञ्ज क्रु का सरोज अधिकारी, आश्मा विश्वकर्मा तथा समुहले हस्तान्तरण गरे ।
For More videos Log on to Mazzako TV