निर्देशक प्रसन्न पौडेलले दोश्रो बिहे गरेका छन् । मोडल सिम्पल खनालसँग पहिलो बिहे गरेका उनको बिहे भएको १ बर्षमै डिभोर्स भएको थियो । यसपछि, प्रशन्न म्यूजिक भिडियो निर्देशनमा हाबी भएका थिए । उनले ‘मेरो बेष्ट फ्रेन्ड, स्वर र कमलेको बिहे’ निर्देशन गरेका छन् ।

प्रसन्नले सर्लाही निवासी श्रृष्टी खतिवडासँग मागी बिबाह गरेका हुन् । श्रृष्टी पेशाले नर्स हुन् । प्रसन्न र श्रृष्टीको बिहे बुधबार भएको हो । प्रसन्न अहिले नेपालमा भन्दा अमेरिकामा नै बस्दै आएका छन् । फिल्म रिलिजको सिलसिलामा अमेरिका पुगेका उनी उतै सेटल हुने तयारीमा छन् । तर, उनी नेपालमा फिल्म र म्यूजिक भिडियो निर्देशन पनि गर्दै आएका छन् ।

For More videos Log on to Mazzako TV