अभिनेता अनमोल केसीले काम गर्न लागेको नयाँ फिल्म ‘क्याप्टेन’का लागि दुई जना अभिनेत्री नै फाइनल भएका छन् । भूवन केसीको निर्माणमा तयार हुन लागेको यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । यो फिल्मका लागि अनमोलसँग २ अभिनेत्रीको रोमान्स हुनेछ ।

फिल्मको निर्माण टिमले दुबैजना नयाँ अभिनेत्री छनोट गरेको छ । फिल्मका लागि उपासनासिंह ठकुरी पहिले नै फाइनल भएकी थिइन् । अब, दोश्री अभिनेत्री पनि फाइनल भएकी हुन् । प्रियंका एमबीलाई फिल्मको टिमले फाइनल गरेको हो । अब, फिल्मको छायांकन चाडै नै सुरु हुनेछ । फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV