निर्माताहरु आन्दोलनमा
नेपाल चलचित्र निर्माता संघले निर्माताहरुको हकहितका मुद्दालाई चर्को रुपमा उठाउने तयारी गरेको छ । निर्माता संघले यसका लागि शनिबार वृहत्त भेला समेत बोलाएको छ । निर्माताहरुको मागको सम्बोधन गर्ने र त्यसको बिषयमा सम्बन्धित निकायसँग छलफल गर्ने भन्दै निर्माता संघले भेला बोलाएको हो ।

विशेषगरि, मल्टिप्लेक्स हलमा निर्माताले फिल्म चलेपनि गतिलो शेयर नपाउने नियम छ । हलवालाहरुले सिन्डिकेट लगाएका छन् । अब, यो रोग सिंगल हलमा पनि सरेको छ । सिंगल हलले पनि हप्ता सकिने वित्तिकै निर्माताले पाउने प्रतिशत घट्ने भन्दै बार्गेनिङ गर्न थालेका छन् । यस्तो खालको कहि नभएको जात्राले निर्माताहरु कमजोर बनेको अवस्था छ ।
यस्तै, बक्स अफिस नलगाउने बिषयमा पनि चलखेल सुरु भएको छ । यी सबै कुरालाई मागमा उठाएर अगाडि बढ्ने तयारी निर्माता संघको छ । फिल्म बनाउने निर्माता तर मोटाउने हलवालाहरु भएपछि निर्माता संघले कठोर कदम चाल्ने बताएको छ ।
For More videos Log on to Mazzako TV







