लोकगीतका ‘राजेश हमाल’ भनेर शंकर बिसीलाई चिनिन्छ । ऋषि धमला बिनाको समाचारको कल्पना गर्न नसकिए झै शंकर बिसी बिनाको लोकगीतको भिडियो पनि कल्पना गर्न सकिन्न । अधिकंश गीतमा कम्मर मर्काएका यि कोरियोग्राफर पुन: एक पटक सुन्दरी रिना थापा मगरसँग ठुम्का लगाँउदैछन् ।

टेकराज आले र टिका पुनको आवाजमा रहेको ‘घिन घिन मादल’ बोलको लोकगीतमा शंकर र रिनाको मज्जाको डान्स हेर्न पाईन्छ । सार्वजनिक भएसँगै राम्रो चर्चा बटुलीरहेको यो गीतमा नेत्र भण्डारीको शब्द, तुला पर्वतको संगीत रहेको छ भने संगीत संयोजन रमेश सेञ्चुरीले गरेका छन् ।

यस गीति भिडियोलाई शंकर बिसीले नै निर्देशन गरेका हुन् । भिडियोलाई राजेश घिमिरले खिचेका हुन् भने सम्पादन बिष्णु शर्माको छ ।

For More videos Log on to Mazzako TV