अभिनेत्री यूना उप्रेतीको गाइगुइ चर्चा नेपाली फिल्ममा छैन । एक कार्यक्रमका लागि अमेरिका पुगेकी उनी उतै बिहे गरेर बसिन् । नेपाली फिल्म क्षेत्रमा स्थापित हुन नसकेपछि उनी उतै गएर बसेकी हुन् । यूना उप्रेतीले नेपाली फिल्म ‘पर्खी बसे’ बाट नेपाली फिल्ममा पाइला राखेकी थिइन् ।

अहिले, यो फिल्मका निर्देशक दीपक श्रेष्ठ यसको सिक्वेल बनाउने तयारीमा छन् । कथावस्तु फरक हुन्छ या पुरानै फिल्मको कथाबाट सुरु हुन्छ भन्ने दीपकले बताएका छैनन् । तर, दीपकले निर्देशन गरेको यो फिल्मका दुई डेब्यू कलाकार राजवल्लभ कोइराला र यूना उप्रेती भने अमेरिकामा नै स्थापित भैसकेका छन् ।

यस्तो अवस्थामा के दीपकले यूना र राजवल्लभलाई संझिएलान् ? यूनाले बुधबार सामाजिक संजालमा पोष्ट गरेको तस्बिरमा उनी विन्दास देखिएकी छिन् । तर, उनको फिल्म क्षेत्रमा फर्किने संभावना छैन ।

 

For More videos Log on to Mazzako TV