अभिनेत्री ऋचा शर्मालाई हिजोआज आफू हिट भएको महशुश हुन थालेको छ । उनी हिट हुनुको पछाडि उनको आफ्नै कारण भने होइन । ऋचालाई आफू हिट हुनुको पछाडि मोडल तिर्सना वुढाथोकीको हात रहेको लाग्न थालेको छ ।

फिल्म ‘कोहलपुर एक्सप्रेस’को पत्रकार सम्मेलनमा ऋचाले हिजोआज आफूलाई तिर्सना भन्दा आफू हिट भएको लाग्न थालेको बताएकी थिइन् । किन तपाइहरु तिर्सनालाई हिट बनाइरहनुभएको छ भन्ने संचारकर्मीको प्रश्नमा ऋचाले तिर्सना भन्दा पनि आफू हिट भएको महशुश हुन थालेको प्रतिक्रिया दिएकी थिइन् ।

ऋचा शर्माले यो फिल्ममा आफूले तिर्सनालाई नै समर्पित गर्दै भूमिका नगरेको भन्दै उनको शैली मात्र उतारेको बताइन् । ऋचाले तिर्सना यो प्रचारले खुशी भएको समेत बताएकी थिइन् । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको यो फिल्म वैशाख १४ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV