अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले बेलायतमा छिन् । फिल्म ‘इन्टु मिन्टु लण्डन’मा को दोश्रो सेड्यूलका लागि उनी बेलायत पुगेकी हुन् । फिल्ममा उनले धिरज मगरसँग रोमान्स गरिरहेकी छिन् । तर, बेलायतमा रहेकी साम्राज्ञीको एउटा तस्बिर सार्वजनिक भएको छ ।

जसमा, उनी बेलायती आर्मीको पहिरनमा देखिएकी छिन् । उनले लगाएको बेलायती सेनाको पोशाकमा अन्य २ महिला र एक पुरुष पनि देखिएका छन् । साम्राज्ञीले ‘बी फाइटर’ भन्दै यो तस्बिर इन्टाग्रांममा राखेकी छिन् । यो तस्बिरले धेरै कुरा बोलेको छ ।

कतै, फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मा उनी बेलायती सेनाको भूमिकामा त छैनन् भन्ने अड्कल पनि काट्न सकिन्छ । वा साम्राज्ञीले तस्बिर खिचाउनकै लागि मात्र यो पोशाक लगाएकी हुन् ? यो बिषयमा साम्राज्ञीले केहि पनि उल्लेख गरेकी छैनन् । तर, यो फोटोले कौतुहलता भने उब्जाएको छ ।

For More videos Log on to Mazzako TV