प्रेम नलुकाउने मुडमा अनु र सविन ?
अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहको प्रेम कसैसँग लुकेको छैन । उनीहरुले प्रेम लुकाउन खोजेपनि सकेनन् । उनीहरुले कानुनी रुपमा बिहे नै गरेको खबर समेत सार्वजनिक भयो । तर, यो कुरालाई उनीहरुले अझै पनि स्विकार गरेका छैनन् ।

अनु र सविन मिडियामा प्रेमको खबर धेरै आउन थालेपछि अब नलुकाउने मुडमा देखिएका छन् । सविन प्रेमलाई सार्वजनिक गर्न हिच्किचाइरहेको समयमा अनु भने अब खुल्ने मुडमा छिन् । अनुले फेसबुकमा कुनै क्याप्सन विना नै आफ्नो र सविनको तस्बिर सार्वजनिक गरेकी छिन् ।
जसलेगर्दा पनि अब यो जोडी प्रेम नलुकाउने मुडमा पुगेको देखिन्छ । अनु र सविनले चाडै बिहे गर्ने समेत चर्चा छ । कानुनी रुपमा बिहे नगरेको बताएको यो जोडी अब लामो समयसम्म गसिपमा नरमाउने सुरमा छ ।
For More videos Log on to Mazzako TV







