आर्यनको मौनता अभिनेता
आर्यन सिग्देलको मौनताले अहिले धेरै कुराको अर्थ राख्दछ । कारण, उनी फिल्म ‘कायरा’ निर्माण गरेर अहिले पोष्ट प्रोडक्शनमा लागिरहेका छन् । यो फिल्ममा उनकै लगानी छ । तर, आर्यन अहिले यो फिल्मको बारेमा कुनै पनि जानकारी कतै लिक नहोस् भन्ने चाहिरेका छन् ।
यसै त आर्यन मिडिया र साथीभाइसँग त्यती नजिक देखिदैनन् । झन्, यो फिल्म बनाएपछि उनको मौनता अचम्मलाग्दो छ । आर्यन आखिर, किन यति धेरै मौन छन् यो उनले नै जान्ने कुरा भयो । तर, फिल्म निर्माण गरेर एकैपटक ब्लास्ट गर्ने योजना उनको हुनसक्छ ।
आर्यन निरन्तर फिल्म असफल बनेपछि फिल्म क्षेत्रमा ओझेलमा छन् । यसैले पनि लामो समय ग्याप राखेर फिल्म रिलिज गर्ने र हिट हुने उनको योजना छ । आर्यनले फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आफ्नो जोडी बनाएका छन् ।
For More videos Log on to Mazzako TV