नेपाली फिल्ममा खासै नचलेकी अभिनेत्री जेनिशा केसी अहिले भारतमा छिन् । भारतमा रहेर उनले बलिउड फिल्मको यात्रा गर्ने धुन कसिरहेकी छिन् । नेपालबाट बलिउड पुगेर काम गर्न चाहने अभिनेत्रीको सूची लामै छ ।

जेनिशा भने आफ्ना पिताका साथी अभिनेता मिथुन चक्रवर्तीको सहयोगका कारण बलिउडको नजिक हुन सकेको बताउँछिन् । जेनिशाले बलिउडका अभिनेता सलमान खान, विवेक ओवराय लगायतलाई भेटिपनि सकेकी छिन् । तर, उनीहरुलाई भेट्ने वित्तिकै जेनिशा बलिउडकी अभिनेत्री भैहाल्छिन् भन्ने पनि होइन ।

जेनिशाले आफूले बलिउड प्रवेशका लागि हिन्दी भाषा सिकिरहेको समेत बताएकी छिन् । तर, आफूले बलिउडमा मुख्य अभिनेत्रीको भूमिका पाए मात्र गर्ने नत्र नगर्ने उनको दाबी छ । नेपालमा असफल भएर बलिउडतर्फ लागेकी जेनिशाले कुरा चर्कै गरेकी छिन् । तर, उनको कुरा कति पुरा होला ?

For More videos Log on to Mazzako TV