२०१७ की मिस नेपाल निकिता चण्डकले पनि फिल्ममा डेब्यु गरेकी छिन् । फिल्म ‘रानीमहल’ मार्फत उनले डेब्यु गर्न लागेकी हुन् । यसअघि उक्त फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी फाइनल भएकी थिइन् । बर्षा फिल्मबाट बाहिरिए पछि निकिता भित्रिएकी हुन् ।

आइतवार निकितासँग निर्माण टिमले औपचारिक सम्झौता गरिसकेको छ । अब चाडै निकिताले वर्कशप ज्वाइन गर्ने छिन् ।यस्तै, प्रशान्त ताम्राकारले पनि ‘रानीमहल’ बाट हात झिकेका छन् । उनकोे ठाउँमो अर्जुनजंग शाहीलाई अनुवन्धित भएका छन् ।

हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्म रानीमहल’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ । यसमा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्माण पक्षको भनाई छ ।

मिस नेपाल रुवी राणा, सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना जोशीको फिल्मी यात्रा भने त्यति मज्जाको हुन सकेन । यता फिल्म ’गाजलु’ बाट भित्रिएकी सृष्टि श्रेष्ठले भने राम्रै छाप छाडिन् । अब हेर्न बाकी छ, निकिताको फिल्मी यात्रा कस्तो होला ?

 

For More videos Log on to Mazzako TV