मिलन चनम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीतले मज्जाको हाईप पाइसकेको छ ।

‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विकी जोशी लगायत कलाकारहरुको अभिनय छ । फिल्मलाई लण्डन सिने आइ प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्टले संयुक्त रुपमा निर्माण गरेका हुन् । चाम्स निर्दे्शित फिल्म लिलिबिली यतिबेला सिनेमा हलमा प्रदर्शन भैरहेको छ । बैशाख १४ मा केकी अधिकारीले निर्माण गरेको फिल्म कोहलपुर एक्सप्रेस पनि रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV