अभिनेत्री केकी अधिकारी र प्रियंका कार्कीले मुख्य भूमिका निर्वाहा गरेको फिल्म ‘कोहलपुर एकसप्रेस’ रिलिज हुन अब १२ दिन मात्र बाँकी छ । यो फिल्मको प्रचार कमजोर छ । तर, यी दुई अभिनेत्रीलाई भने फिल्म नै गर्ने चटारोले छाडेको छैन ।

अभिनेत्री प्रियंका कार्की र केकी अधिकारीले लोभलाग्दो भूमिका नभएपनि फिल्म ‘नाई नभन्नु ल ५’ छाडेनन् । प्रियंका यो फिल्ममा स्वस्तिमाकी आमाको भूमिकामा छिन् भने केकी दिदीको भूमिकामा छिन् । फिल्मको छायांकनका लागि दुई अभिनेत्री पूर्वमा छन् ।

यता, फिल्मको प्रचारका लागि प्रियंकाले समय दिन सकेकी छैनन् । तर, प्रियंकाले ‘चंगाचेट, यस्तो एउटा प्रेम कहानी र नाई नभन्नु ल ५’को छायांकन सेड्यूल मिलाएर गरिरहेकी छिन् । उनको, मुख्य भूमिका रहेको फिल्म ‘लिलिबिली’ रिलिज भैरहेको छ ।

वैशाख १४ मा ‘ह्याप्पी डेज र कोहलपुर एक्सप्रेस’ रिलिज हुँदैछ । तर, उनलाई यी फिल्मको प्रचारका लागि समय दिन नै गाह्रो छ ।

 

For More videos Log on to Mazzako TV