अदिती खोज्दैछिन् गतिलो फिल्म
अभिनेत्री अदिती वुढाथोकीले के अहिले नै फिल्म खेल्ने मुड बनाएकी छैनन् । पहिलो फिल्म ‘कृ’मा अभिनय गरेपछि अदिती मुम्बई गइन् । उनको माग नेपाली फिल्ममा अपेक्षा गरेअनुसार भएको छैन ।
अदिती अहिले मुम्बइमा डान्स र भाषाको क्लास लिइरहेकी छिन् । उनको सोच तत्काल नेपाली फिल्ममा काम गर्ने छैन । उनी, पहिले आफ्नो डान्स र भाषाको क्लास सक्ने तयारीमा छिन् । यसपछि मात्र उनले नेपाली फिल्ममा काम गर्ने तयारी गरेकी छिन् । तर, उनी हतार गर्ने सोचमा छैनन् । कारण, फिल्ममा काम गर्ने भन्ने वित्तिकै पनि हुँदैन । राम्रो कथा र व्यानर पनि पाउनुपर्छ ।
पहिलो फिल्ममा नै राम्रो ब्यानर र कलाकारसँग काम गरिसकेपछि त्यसलाई नै निरन्तरता दिन गाह्रो पर्छ । अदितीलाई पनि अहिले यस्तै गाह्रो परिरहेको छ ।
अदिती राम्रो ब्यानर र कथाको अफर आएमात्र नेपाली फिल्म खेल्ने सोचमा छिन् । उनले बलिउड फिल्ममा पनि आफूलाई अगाडि बढाउन कसरत गरिरहेकी छिन् ।
For More videos Log on to Mazzako TV