अभिनेता राजेश हमालपछि नेपाली फिल्ममा स्टारडमको भ्याकूम देखिएको छ । अभिनेता आर्यन सिग्देल, जीवन लुइटेल, दयाहाङ राई, सौगात मल्लले त्यो भ्याकूम भर्ने कोशिश गरेपनि सकेनन् । उनीहरु सस्तो लोकप्रियता र पैसाको पछाडि दौडदा कमजोर बनिसके । केहि बर्ष चम्किएको उनीहरुको स्टारडम अहिले फितलो बनेको छ ।

तर, अब नेपाली फिल्ममा स्टारडमको अभाव पुर्ती हुन थालेको छ । गतबर्ष रिलिज भएका केही फिल्मको इनिसियल व्यापार स्टारहरुकै कारण संभव भएको छ । अभिनेता अनमोल केसी, पल शाह, प्रदिप खड्का लगायतको फिल्म छनोट र क्रेज आकर्षक छ ।

बर्षमा सकेसम्म एउटा मात्र फिल्म खेल्ने यी अभिनेताहरु यूवापुस्तामाझ अत्यन्त लोकप्रिय छन् । यसैले, अब नेपाली फिल्ममा स्टारडमको अभाव नहुने विश्लेषण फिल्म वृत्तमा चल्न थालेको छ ।

यी बाहेक, सलिनमान बनियाँ, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतका कलाकारले पनि त्यो स्टारडमलाई जोगाउने छाटकाट देखाएका छन् । कलाकारले यही शैलीमा फिल्म गरे र कथावस्तुमा ध्यान दिए भने स्टारडमको भ्याकुम भरिने पक्का छ ।

 

For More videos Log on to Mazzako TV