‘लिलिबिली’ को २ दिनको कलेक्शन कति ?
युवा स्टार नायक प्रदीप खड्का अभिनित फिल्क ‘लिलिबिली’ ले वर्ष २०७५ को सुरुवातमा आक्रामक व्यापारका गरेको छ । रिलिज भएको दुई दिनमा लिलिबिलीले २ करोड माथिको ब्यापार गरेको छ । साथै शनिबार राजधानीका हलहरुमा प्रदीप पुग्दा उनको क्रेज पनि मज्जाको देखियो ।

शुक्रबार फिल्मले देशभरबाट ८२ लाख ग्रस कमाई गर्यो । यसमा राजधानीबाट ४२ लाख र बाहिरबाट ४० लाख ग्रस गरेको हो । शनिबार फिल्मको कलेक्शन १ करोड ३६ लाख ८३ हजार ९ सय ५६ रुपैयाँ छ । राजधानीबाट ७१ लाख ८३ हजार ९ सय ५६ हुँदा बाहिरबाट ६५ लाख ग्रस छ । फिल्मकोे दुई दिने कमाई २ करोड १८ लाख ८३ हजार ९ सय ५६ पुगेको छ ।

मिलन चाम्स निर्देशित फिल्ममा प्रदीपका अलावा जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतको अभिनय छ । काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।
For More videos Log on to Mazzako TV








