जेठ १८ ‘भैरे’ सँग ‘बेवी आइ लभ यु’ पनि
‘बेवी आइ लभ यू’ ले जेठ १८ गतेलाई प्रदर्शन मिति तय गरेको छ । दयाहाङ राईको ‘भैरे’ सँग लभ स्टोरी फिल्म ‘बेवी आइ लभ यू’ प्रदर्शनमा आउने भएको हो ।
शिव न्यौपानेको प्रस्तुती रहेको बेवीआइ लभ यु मा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा प्रस्तुत भएकाछन् । उनीहरुसँगै अभिनेता सरोज खनाल र कलाकार निर्मल शर्माको पनि मुख्य भूमिका छ । फिल्मको कथा र संगीत मानव नायक खड्गीको आफ्नै हो । ‘काटुञ्ज क्रु’ फिचरिङ फिल्ममा समावेश कान्छी मायालु बोलको गीत सार्वजनिक भैसकेको छ ।
बेवीआई लभ यु मा सृजना परियार र दुर्गा पाण्डे सह निर्माताको रुपमाछन् । फिल्मले युवा दर्शकलाई हलमा आकर्षण गर्ने युवा निर्माता शिव न्यौपान बताउँछन् । फिल्मको छायाँकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ ।
For More videos Log on to Mazzako TV