अभिनेत्री शिल्पा पोखरेल र अनुप विक्रम शाही स्टारर फिल्म ‘वीराङ्गना’ को प्रदर्शन मिति फाइनल भएको छ । फिल्म आउँदो असार २९ बाट अलनेपाल सार्वजनिक प्रदर्शा हुने पक्का भएका हो । निर्देशक राजबहादुर सानेले आफ्नो जन्मदिनको अबसरमा फिल्मको छायाँकनमा सहयोग गर्ने व्यक्तिहरु श्सस्त्र प्रहरीका नवनियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझालगायतलाई धन्यवाद ज्ञापन गर्दै फिल्मको रिलिज डेट फाइनल गरेका हुन् ।

फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल काजी कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् । नारी प्रदान फिल्मलाई एक्शन जनरामा निर्माण गरिएको हो । बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह निर्माता रहेको ‘वीराङ्गना’ ‘र्फोथ आई मुभिज’ को ब्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा शिल्पा र अनुपविक्रमका अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV