विश्वकै कान्छा निर्देशक सौगात विष्ट निर्देशित फिल्म ‘हैरान’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको गीतलाई सत्य–स्वरूप सरगम आचार्य र बबिता मनाधर मिलेर गाएका छन् । यसमा गिरिश खतिवडाको र्याप रहेको छ भने यसलाई राजन इशानले एरेन्ज गरेका हुन् ।

गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका सम्पूर्ण कलाकार देखिनेछन् । कमेडी जनरामा निर्माण भएको फिल्ममा सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । फिल्मका कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याकग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV