जसिताले देखाइन् संभावना

फिल्म ‘लिलिबिली’बाट नेपाली फिल्म क्षेत्रमा नव–अभिनेत्री जसिता गुरुङको प्रवेश भएको छ । आजबाट रिलिज भएको यो फिल्मबाट यी अभिनेत्रीले बलियो संभावना पनि देखाएकी छिन् ।

फिल्मको प्रेश शोमा पुगेका पत्रकार, फिल्मीकर्मीले जसिताको कामको खुलेरै तारिफ गरेका छन् । जसिताको सुन्दरता, अभिनय, लुक्सले धेरैको मन जितेको छ । कतिपयले त जसिताले अभिनेता प्रदिप खड्कालाई नै छायामा पारिदिएको समेत प्रतिक्रिया दिएका छन् । जसिता बेलायतमा बस्दै आएकी छिन् ।

तर, पनि उनले जुन तरिकाले आफूलाई फिल्म क्षेत्रमा प्रवेश गराएकी छिन्, त्यसले उनलाई लामो समयसम्म दौडाउन मद्दत गर्छ । नेपाली फिल्ममा आउने नयाँ अभिनेत्रीहरुमा खासै चार्म नदेखिएको समयमा जसिता भने अब संभावना देखाउँदै अगाडि बढेकी छिन् । यो फिल्मसँगै उनलाई चलेका ब्यानरले समेत काम गराउने सोच बनाउन थालेका छन् ।
For More videos Log on to Mazzako TV








