प्रदिपलाई पूजाको साथ
अभिनेत्री पूजा शर्मा र अभिनेता प्रदिप खड्काविच पहिले बोलचाल नै थिएन । करिब ३ बर्ष यी दुइले बोलचाल नै गरेनन् । तर, केहि हप्ता अगाडिको भेटपछि यी दुइ बदलिएका छन् । प्रदिप कुल बनेका छन् भने पूजा पनि अब उनीसँग रिसाएर बस्ने मुडमा छैनन् ।
यसैले पनि पूजा र प्रदिपविच अहिले शुभकामना आदनप्रदान हुन थालेको छ । प्रदिप अभिनित फिल्म ‘लिलिबिली’ आजबाट रिलिज भएको छ । यो फिल्म रिलिज हुँदै गर्दा अभिनेत्री पूजा शर्माले प्रदिपको नाम नै तोकेर उनलाई वधाई दिएकी छिन् ।
फिल्म ‘प्रेमगीत’मा प्रेम र गीतको प्रेम र विछोडलाई दर्शकले रुचाइदिनुभएको भन्दै उनले प्रदिप तिमीलाई वधाई छ भनेकी छिन् । यसबाट पनि पूजा र प्रदिपविच रहेको तिक्तता हटेको अनुमान गर्न सकिन्छ ।
For More videos Log on to Mazzako TV