यो बर्ष आधा दर्जन हिट फिल्म, चम्किए स्टार
बर्ष २०७४ आजबाट बिदा हुँदैछ । यो बर्षको अन्तिम दिनमा हामी नेपाली फिल्मका लागि कस्तो रह्यो भनेर समष्टिगत रुपमा चर्चा गर्दैछौ । यो बर्ष ब्लकबस्टर फिल्मको सूचीमा आधा दर्जन फिल्म पर्छन् । यो बर्ष ‘छक्का पन्जा २, सत्रु गते, ए मेरो हजुर २, म यस्तो गीत गाउँछु, प्रेमगीत २, २ रुपैयाँ’ ब्लकबस्टर भएका छन् ।

यस्तै, यो बर्ष ‘कृ, कान्छी, मिस्टर झोले, फाटेको जुत्ता, झ्यानाकुटी’को व्यापार औषत रहेको छ । यो बर्ष रिलिज भएका फिल्ममध्ये धेरैले चर्चा पाए । तर, हल र दर्शकको संख्याको आधारमा भन्ने हो भने फिल्मको निर्माण धेरै भयो । यसैले, सबै फिल्म हिट हुन्छन् भन्न सकिदैन । यो बर्ष स्टारहरुको क्रेज बढ्यो । अभिनेता अनमोल केसी, प्रदिप खड्का, पल शाह, सलिनमान बनियाँ अभिनेताको रुपमा चम्किए ।

यस्तै, अभिनेत्रीहरु प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, स्वस्तिमा खड्का, बर्षा राउत, केकी अधिकारी यो बर्ष चम्किए । यो बर्ष नेपाली फिल्मका लागि सुखद नै मान्नुपर्छ । कलाकारको क्रेज, फिल्मप्रति दर्शकको उत्सुकता आदिका कारण आउँदो बर्षमा स्तरिय फिल्म बनाउन सके फिल्म क्षेत्रलाई फाइदा हुनेछ ।









