आज शुक्रबारे हप्ता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ र दयाहाङ राई स्टारर फिल्म ‘नेप्टे’ दर्शकमाझ आएका हुन् । मल्टिप्लेक्समा उच्च शो पाएको ‘लिलिबिली’ ले देश  भर करीब ७५ बढी स्क्रिन पाएको छ । प्रदीपको क्रेज र फिल्मको हाइपका कारण ‘लिलिबिली’ को इनिसियल व्यापार आक्रामक हुने निर्माण युनिटको बुझाइ छ ।

मिलन चाम्स निर्देशित यस फिल्ममा प्रदीपका अलावा जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ । काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

यस्तै, यस वर्ष ‘घामपानी’, ‘कान्छी’ र ‘मिस्टर झोले’ जस्ता ३ सफल फिल्म दिइसकेका अभिनेता दयाहाङ राई अभिनीत ‘नेप्टे’ पनि दर्शकमाझ प्रतिक्षीत नै फिल्म छ । गीतसंगीत र कमेडी ट्रेलरका कारण फिल्मको हाइप मज्जाकै बनेको हो । फिल्म दया भिलेन अवतारमा प्रस्तुत भएका छन् । देव कुमार श्रेष्ठ निर्देशित यस फिल्ममा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको मुख्य अभिनय छ ।

For More videos Log on to Mazzako TV