निर्देशक अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’ को टिजर सार्वजनिक भएको छ । यसअघि ‘मितिनी’ निर्देशन गरेका शर्माले लगभग १२ वर्ष पछी ‘जय भोले’ लिएर आएका हुन् ।

ह्युमर तथा सोसल कमेडी ड्रामा बोल्ने फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराज पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म आगामी दशैंको फूलपातीबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने तयारी छ । फिल्ममा दुई केटा साथिबीचको भावनात्मक मित्रता र प्रेमको कथा छ ।

फिल्म झापा र ईलाममा छायाँकन भएको हो । फिल्म खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशन विक्रम भट्टराईको एक्सन रहेको छ । फिल्ममा निर्देशक शर्माको लगानी तथा अभिनय पनि रहेको छ ।

For More videos Log on to Mazzako TV