ईरोइ श्रेष्ठको ‘बेबी’
गायक, मोडेल तथा निर्देशक ईरोइ श्रेष्ठले हालै मात्र आफ्नो पहिलो आर एन बी गीत सार्वजनिक गरेका छन् । ‘बेबी आई’ बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक गरेका हुन् । प्रताप रानाको शब्द तथा संगीत रहेका गीतलाई ईरोइले आवाज भरेका हुन् ।
कोरियन तथा थाईल्यान्ड शैलीमा प्रस्तुत गरिएको उक्त म्युजिक भिडियो लाई गायक आफैंले निर्देशन गरेका हुन् । गायक स्वयंकै अभिनय रहेको यो भिडियोमा सोन्या तामाङ्ले उनलाई साथ दिएकी छिन । भिडियोलाई शिशिर श्रेष्ठले छाँयाकन गरेका छन् ।
हेर्नुस् भिडियो :
For More videos Log on to Mazzako TV