‘आयो शहरबाट अमेरिका बोइज’ (भिडियो)
प्रवेश पौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’ को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको ‘आयो शहरबाट अमेरिका बोइज’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । दीपक आर्जेको शब्द, संगीता तथा स्वर रहेको गीतको भिडियोमा अर्पण थापा, अभय बराल, आशिस प्रसाईं प्रस्तुत छन् ।

हेर्दा निकै मज्जाको लाग्ने यो गीतलाई नेपाली ठिटोजका सुनिल क्षेत्रीले कोरियोग्राफि गरेका हुन् । सिनेमामा ३ यूवाहरुले गर्ने एउटा गल्ती र त्यसले उत्पन्न हुने समस्याको वरिपरी नै यो कथा घुम्छ ।

‘अमेरिका बोइज’मा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, अभय बराल, आशिस प्रसाईं र श्रृष्टी कार्कीको अभिनय हेर्न पाईन्छ । प्रकाश भुजेल र इन्द्रप्रसाद खरेल निर्माता हुन् भने यमुना खरेल र राज केसी फिल्मका सह निर्माता को रुपमा रहेका छन् ।
For More videos Log on to Mazzako TV








