फिल्म ‘लम्फू’ मा तरकारीवाली नामले परिचित कुशुम श्रेष्ठले काम गरेकी छिन् । यो फिल्ममा उनको भूमिका कस्तो रहेको छ भन्ने खुलाइएको छैन । तर, फिल्ममा उनको विशेष भूमिका रहेको निर्माण टिमले बताएको छ । फिल्मको प्रचारमा समेत सहभागी भएकी कुसुमलाई यसको निर्माण टिमले तरकारीवालीकै नामबाट प्रचार गरिरहेको छ ।

जसले गर्दा फिल्मको हाइप हुने विश्वास निर्देशक गोपालचन्द्र लामिछानेको छ । के तरकारीवालीलाई भने यहि नामले बोलाउँदा दिक्क लागेको छैन ? आज आयोजना भएको फिल्म ‘लम्फू’को पत्रकार सम्मेलनमा कुुसुमले आफूलाई यहि नामले बोलाउँदा खुशी लाग्ने बताइन् ।

उनले, आफूलाई यहि नामबाट विश्वले चिनेको भन्दै तरकारीवाली भन्दा दुख नलाग्ने बताइन् । साथै, उनले तरकारीवालीकै नामबाट चिनिन चाहेको पनि बताएकी छिन् । उनले, फिल्म ‘लम्फू’ रिलिज भएपछि मात्र अरु फिल्मको बारेमा सोच्ने पनि बताएकी छिन् ।

For More videos Log on to Mazzako TV