छायांकन भैरहेको फिल्म ‘चंगाचेट’मा अर्की अभिनेत्री पनि थपिएकी छिन् । दीपेन्द्र के खनालको निर्देशनमा तयार भैरहेको यो फिल्ममा प्रियंका कार्की, सुरक्षा पन्त, परमिता राणाको मुख्य भूमिका छ । तर, फिल्म बन्दै जाँदा अभिनेत्रीहरु थप्ने काम पनि खनालले गरिरहेका छन् ।

यो फिल्ममा अब अभिनेत्री वेनिशा हमाल पनि थपिएकी छिन् । वेनिशा हमालले फिल्ममा केमियो भूमिका निर्वाहा गरिरहेको वुझिएको छ । यो फिल्ममा आयुष्मान देशराज जोशी मुख्य भूमिकामा छन् । निर्देशक खनालले २५ लाख पारिश्रमिक लिएर यो फिल्म निर्देशन गरिरहेका छन् ।

फिल्मलाई माधव वाग्लेले निर्माण गर्दैछन् । फिल्ममा वेनिशाले कस्तो भूमिका निर्वाहा गरेकी हुन् भन्ने खुलेको छैन । तर, वेनिशा एउटा आशा गरिएको फिल्मको कलाकार भने बनेकी छिन् ।

For More videos Log on to Mazzako TV