वर्ष २०७५ बैशाख २८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि रोदन, एक्सन, प्रेमलाई समेटिएको ट्रेलर सार्वजनिक गरिएको हो । उक्त ट्रेलरमा नायक सलोन बस्नेत, नव–नायक कबिर खड्का र अभिनेत्री मरिश्का पोखरेल विशेष छाएका छन् ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय छ । त्यस्तै ‘तरकारीवाली’ कुशुम श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।

‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस फिल्मका सम्पादक हरि सिलवाल हुन् ।

For More videos Log on to Mazzako TV