अभिनेता अनमोल केसीले केही अनलाइन मिडियालाई आफ्नो चरित्र हत्या नगर्न आग्रह गरेका छन् । अनमोलले आफूले बोल्दै नबोलेको कुरालाई लिएर मिडियामा भ्रामक समाचार आएको भन्दै चरित्र हत्या नगरिदिन आग्रह गरेका हुन् ।

अनमोलले गाउँले भनेका भिकारी हुन्, गाउँका मानिस यस्ता र उस्ता हुन् भन्दै अभिव्यक्ति दिएको भन्दै केही अनलाइनले भ्रामक समाचार छापेका छन् । तर, ती अनलाइनको अन्त्यमा अनमोलले यस्तो संवाद फिल्ममा बोले के होला भनेर लेखेका छन् ।

अनमोलले आफ्नो सबैमा सम्मान र सद्धभाव रहेको भन्दै यस्ता कुराले दुख लागेको भन्दै स्टाटस नै लेखेका हुन् । अनमोल केसीले फिल्म रिलिज भन्दा अन्य समय मिडियामा केहि पनि अभिव्यक्ति दिदैनन् । यसैले, आफ्नो बारेमा आएको यो भ्रामक समाचारमा उनको ध्यानकर्षण भएको हो ।

 

For More videos Log on to Mazzako TV